राक्सिराङ्ग गाउँपालिकाद्वारा सुचना प्रविधि अधिकृत सहित ७ जना नगर प्रहरीको माग (सुचना सहित)

तामसालिङ खबर
२० आश्विन २०८०, शनिबार ०८:५९

असोज, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । गाउँपालिकाले सुचना प्रविधि अधिकृत सहित ७ जना नगर प्रहरीको माग गरेको हो।

गाउँपालिकाले शुक्रबार प्रकाशित गरेको सुचना अनुसार छैठौं तहको सुचना प्रविधि अधिकृत सहित पहिलो पटक नगर प्रहरी सहायक निरीक्षक १ जना, नगर प्रहरी हवल्दार १ जना, नगर प्रहरी जवान ३ पुरुष, २ महिला गरि ७ जनाको माग गरेको छ ।

तेस्रो पटक प्रकाशित भएको सुचना प्रविधि अधिकृतको लागि ७ दिन भित्र यहि असोज २५ गते सम्म दरखास्त दिन सकिने छ । त्यस्तै, नगर प्रहरी तर्फ जङ्गी, शसस्त्र वा जनपदबाट अवकाश प्राप्त वा कम्तीमा ५ वर्षको सेवा अनुभव भएका र तोकिएको योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन भनिएको छ । दरखास्त फारम कार्यालयको वेवसाइट www.raksirangmun.gov.np बाट नि:शुल्क उपलब्ध रहेको छ ।

सुचना हेर्नुहोस् :-

सुचना प्रविधि अधिकृत

नगर प्रहरी

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*