बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको सात बुँदे निर्देशन

बैशाख, काठमाण्डौ – पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेद्वारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने निर्णयसमेत गरेको छ । गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्वन्धित दलले आवश्यक कार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ । गठबन्धनका दलहरूका बीचमा सिट...