यी हुन् निर्वाचनमा मतदाताले पालना गर्नुपर्ने कर्तव्य
बैशाख, काठमाडौं – निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवार लगायत राज्यका निकाय जति गम्भीर हुनुपर्छ त्यति नै मतदाताको पनि कर्तव्य हुने गर्दछ। निर्वाचनमा मतदाताले पनि आफ्नो कर्तव्यलाई इमान्दारपूर्वक पालना गरेमा त्यस्तो निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मद्दत पुग्ने आयोगको भनाइ छ। यी हुन् मतदाताले पालना गर्नुपर्ने कर्तव्य – मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने – निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पुर्याउने – मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हुलदङ्गामा नलाग्ने...


















