यी हुन् निर्वाचनमा मतदाताले पालना गर्नुपर्ने कर्तव्य

तामसालिङ खबर
२० बैशाख २०७९, मंगलवार १४:०१

बैशाख, काठमाडौं – निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवार लगायत राज्यका निकाय जति गम्भीर हुनुपर्छ त्यति नै मतदाताको पनि कर्तव्य हुने गर्दछ।

निर्वाचनमा मतदाताले पनि आफ्नो कर्तव्यलाई इमान्दारपूर्वक पालना गरेमा त्यस्तो निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मद्दत पुग्ने आयोगको भनाइ छ।

यी हुन् मतदाताले पालना गर्नुपर्ने कर्तव्य
– मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने
– निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पुर्‍याउने
– मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हुलदङ्गामा नलाग्ने
– मतदानको दिन कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा सङ्केत भएको पहिरन, परिचयपत्र र व्याज नलगाउने
– मतदानको दिन सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य नगर्ने तर शारीरिक रूपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सकिने
– आचारसंहिता उल्लङ्घन भएको देखिएमा निर्वाचन आयोग, निर्वाचन अधिकृत वा निर्वाचनमा खटिएका कर्मचारीलाई जानकारी गराउनु पर्नेछ
– कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन
– एउटै निर्वाचनका लागि एक भन्दा बढी पटक मतदान गर्न हुँदैन
– कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*