बकैयामा डोजर दुर्घटना, ३ जनाको मृत्यु ३ घाईते

तामसालिङ खबर
२० बैशाख २०७९, मंगलवार ०६:२८

बैशाख, हेटौडा – मकवानपुरको बकैया गाउँपालिका ११ घट्टेपाखामा डोजर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

काठमाण्डौँ–तराई द्रुतमार्ग निर्माणस्थलमा माटो फाल्ने क्रममा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको शव हेटौँडा अस्पताल ल्याईएको छ । मृतकहरु तीनैजना चिनिया नागरिक रहेको प्रहरीको भनाई छ । दुर्घटनामा थप तीन जना पनि घाईते रहेको प्रहरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*