सिराहाको उद्योगले किन्न थाले उखु

पुष, जनकपुरधाम – सिरहाको हिमालय सुगर मिल्सले ५ सय ८४ रुपैयाँमा उखु खरिद थालेको छ । सरकारले मूल्य निर्धारण नगर्दा सम्म अलमलमा परेका किसानको उखु मिल्सले किन्न थालेको हो। सरकार, चिनी उद्योगी र किसान प्रतिनिधिबीच सहमति हुन नसक्दा मूल्य निर्धारण हुन सकेको छैन । ‘तत्काल लागि न्यूनतम मूल्यमै किनिदिएका हौं,’ हिमालय सुगर मिल्सका महाप्रबन्धक अवधकिशोर यादवले भने, ‘पछि जति मूल्य तोकिन्छ, सोहीअनुसार भुक्तानि दिन्छौं।’ अहिले उखु काट्ने सिजन हो। खेतबाट उखु निकालेर किसानहरूले तेलहन र दलहन बाली लगाउँछन्। यता उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली सरकारले मूल्य नतोक्दा चिनी...