कमानेको ‘माउन्ट एभेरेष्ट’ स्कुलमा फुड फेष्टिबल
पुष, हेटौडा – हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेस्थित ‘माउन्ट एभेरेष्ट ईङ्ग्लिस बोर्डिङ स्कूल’ मा शुक्रबार फुड फेष्टिबलको आयोजना गरिएको छ ।
विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुद्वारा फुड फेष्टिबलको आयोजना गरिएको शिक्षिका अस्मिता श्रेष्ठले जानकारी दिइन् । पेशा, व्यवसायी, प्रविधि एवम् शिक्षा विषयसँग सम्बन्धित रहेर प्रयोगात्मक मूल्यांकन गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो ।
फुट फेष्टिबलमा विद्यार्थीहरुले मःमः, पुरी–तरकारी, पकौडा, आलु–चप लगायतका विभिन्न प्रकारका खानाहरु तयार पारेका थिए । कक्षा ८ मा भएको विषयगत पाठहरुलाई प्रयोगात्मक बनाइएको कारण विद्यार्थीहरुले कार्यक्रमबाट सजिलै सिक्न सक्ने अवस्था भएको शिक्षिका सुजता घिमिरेले बताइन् ।
विद्यार्थीहरुले कक्षामा सैद्धान्तिक ज्ञान सिकेता पनि प्रयोगात्मक गर्न नपाउँदा सिकेका कुरा सजिलै भुल्न सक्ने भन्दै शिक्षिका घिमिरेले यस कार्यक्रमले विद्यार्थीहरुलाई प्रयोगात्मक तबरमा पनि सिक्ने बानी बसाल्न मदत गर्नेमा आफुहरु आसावादी भएको बताइन् ।






