परिमार्जित बजेट – आकारदेखि लक्ष्यसम्म परिवर्तन

भदौं, काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसदमार्फत सार्वजनिक गरेका परिमार्जित बजेट (अर्थसम्बन्धी प्रतिस्थापन विधेयक) का अंकमा व्यापक हेरफेर गरेका छन् । पूर्ववर्ती सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए । वर्तमान अर्थमन्त्री शर्माले आफ्ना पूर्ववर्ती सरकारले भन्दा १४ अर्ब ७४ करोड कम आकारको बजेट प्रस्तुत गरेका छन् । चालु खर्चतर्फ अघिल्ला अर्थमन्त्रीले ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेका थिए । अहिलेका अर्थमन्त्रीले ६ खर्ब ७७ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेका छन्...