मिस शिङ्सा भोटिया २०२२ हुने

भदौं, काठमाडौँ – अति सिमान्तकृत जाती, शिङ्सा-भोटिया महिला सशक्तीकरणको लागि बज्रकिल्या प्रोडक्सन्सले मिस शिङ्सा-भोटिया २०२२ आयोजना गर्ने भएको छ । प्रतियोगितामा नेपाल, भारत लगायत विश्व भरी छरिएर बसेका शिङ्सा-भोटिया, नावा र ल्होमी महिलाहरुले भाग लिन पाउने छन । यस प्रतियोगितामा सहभागी बन्न न्युनतम एस ईई वा सो सरहको शिक्षा हासिल गरिसकेको हुनुपर्नेछ । डिजिटल अडिसन शुरु भई सकेको यस प्रतियोगिताको ग्रान्ड फिनाले भने डिसेम्बर १८ मा हुनेछ । विजेतालाई आकर्षक पुरस्कार दिने बताएका आयोजकले प्रतियोगिताको ग्रान्ड फिनालेको दिन यस समुदायलाई विशेष सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गर्ने जनाएको छ...