नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत मनहरी आउने

तामसालिङ खबर
२१ भाद्र २०७८, सोमबार ०९:५१

भदौं, हेटौडा (मनहरी) – नेकपा एमालेका प्रभावशाली युवा नेता महेश बस्नेत पश्चिम मकवानपुरको मनहरीमा आउने भएका छन ।

युवा नेता बस्नेत युवा संघ मनहरी गाँउ कमिटिको अबिधेशनमा प्रमुख अथितीको रुपमा आउन लागेको हो। गाउ कमिटि अधिबेशनमा बस्नेत संगै राष्ट्रिय युवासंघ नेपालका केन्दिय अध्यक्ष किरण पौडेल पनि आउदै छन ।

नेता बस्नेतले मनहरीका युवाहरुलाई देशको राजनितीक अबस्था र राष्ट्रिय राजनितीमा युवाहरुको भुमिकाको बारेमा पनि प्रशिक्षण दिइने आयोजक युवा संघ नेपाल मनहरी गाउँ कमिटिले जनाएको छ । अबिधेशन यहि भदौ २६ गते मनहरी-७ स्थित बृद्ध शान्ति हरित पार्कमा हुदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*