बकैयामा शुरु भयो, तीन दिने उद्घोषण तथा व्यक्तित्व बिकास तालिम
भदौं, हेटौडा (बकैया) – पुर्बी मकवानपुरको बकैया गाउँपालिकामा तीन दिने उद्घोषण तथा व्यक्तित्व बिकास तालिम शुरु भएको छ । बकैया गाउँपालिका सामाजिक बिकाश शाखाको आयोजना र शान्ति फाउन्डेसन नेपालको समन्वयमा ३ दिने उद्घाेषण तथा ब्याक्तित्व बिकास तालिमको आइतबार एक कार्यक्रमका बिच सुरू गरिएकाे हाे ।
बालबालिकाहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको तालिममा गाउँपालिका भरिका ५५ जना बालबालिकाहरुको सहभागिता रहेको महिला तथा बालबालिका शाखाका प्रमुख कविता शर्माले जानकारी दिनु भयो ।
तालिम कार्यक्रमका संयोजक समेत रहनु भएकी कबिता शर्माले भन्नू भयो,” अझै पनि सामाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस तालिमको आयोजना गरिएको हो ।”
उहाँले यस पालिकाको विभिन्न वडा पिछडिएको कारण यो क्षेत्रका बालबालिकाले भाषण कला तथा उद्घघोषण कला सिक्न दायाँ-बायाँ जान नसक्ने र उनीहरुको क्षमता बिकास गर्ने हाम्रो प्रमुख उदेश्य भएको बताउनु भयो । उहाँले उदेश्य पक्कै पूरा हुने भन्दै सबैलाई तालिमबाट सक्दो लाभ उठाउन आग्रह गर्नु भयो ।
तालिम सञ्चालनको पहिलो दिन सहभागीहरुलाई उद्घोषण सम्बन्धी विभिन्न विषयमा तालिमका प्रशिक्षक तथा हजुरको खबरका सम्पादक रुपक कालिराजले प्रशिक्षण दिनु भएको थियो ।
आफूहरुलाई मध्यनजर गरी सञ्चालन गरिएको तालिमले थप आत्मविश्वास बढाउने अपेक्षा लिएको तालिममा सहभागीहरुले बताएका छन् । सो तालिमामा गाउँपालिकाका सामाजिक बिकास शाखा प्रमुख फटिक रमन प्याकुरेल, आर्थिक बिकाश शाखा प्रमुख शिवराज पाैडेल,महिला तथा बालबालिका शाखाका होम कुमारि सन्जेल,उद्यमशिल बिकास सहजकर्ता बिकाश श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।






