मंसिर २७ गतेबाट मनहरीमा तेस्रो अध्यक्ष कप प्रतियोगिता हुने
मंसिर, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउपालिकामा यही मंसिर २७ गतेबाट तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबार गाउपालिकाको सभाहलमा पत्रकार सम्मेलन गर्दै मनहरी गाउपालिका खेलकुद विकास समितिले मनहरी ७, मा रहेको प्रस्तावित मदन भण्डारी स्मृति रंगशालाको खेलमैदानमा अध्यक्ष कप फुटबल प्रतियोगिताको बारे जानकारी गराइएको थियो । नकआउट चरणमा हुने प्रतियोगितामा गाउपालिकाको ९ वडाको नौ टीम सहभागी हुने समितिका अध्यक्ष नबीन सुबेदिले जानकारी दिनुभयो । उहाँले प्रतियोगिता सन्चालनका लागि ७ लाख १७ हजार खर्च अनुमान गरिएको बताउनुभयो । प्रतियोगिताको बिजेता र उपबिजेतालाई क्रमशः १ लाख...



















