अर्काे साता देखि लाइसेन्स खुल्ने

पुस, काठमाडौं – कोभिड १९ को कारणले १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्र (लाइन्सेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा एक साताभित्रै खुल्ने भएको छ । यातायात व्यवस्था विभागले पुसको दोस्रो सातादेखि १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सुरु गर्न लागेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले पुसको दोस्रो सातादेखि लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागेको बताए । ‘लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा पुसको दोस्रो सातादेखि सुरु गर्ने तयारीमा जुटिसकेका छौं,’ उनले भने, ‘यातायात व्यवस्था कार्यालयलाई पुसको दोस्रो सातादेखि लाइसेन्सको लिखित तथा...