सुटुक्क आएर ढुंगापूजा गर्दैमा सिटी हल र सडक निर्माण हुँदैन – मेयर रेणु दाहाल

माघ, चितवन – भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाई थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको बताएकी छिन् । शनिबार चितवन आएका प्रधानमन्त्री केपी शर्मा ओलीले सिटी हलको शिलान्यास गरेका थिए । उनले मेयर रेनु दाहाल पिकनिक खान गएर कार्यक्रममा सहभागी नभएको भन्दै गुनासो गरेका थिए । चितवनमा शनिबार आयोजित कुँवर समाज नेपाल चितवन शाखाद्वारा निर्मित राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै मेयर रेनुले यस्तो बताएकी हुन् । भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिका साथ...