हेटौडामा देवास राई समाजको पहिलो भाषिक पुस्तक विमोचन

दिलबहादुर लामा
१६ माघ २०७७, शुक्रबार १९:१८

माघ, हेटौडा – किरात देवास राई समाज नेपालको आयोजनामा देवास राइको पहिलो ऐतिहासिक पुस्तक देवास भाषाको कृति संगालो र देवास भाषाको लेखन शैली नामक पुस्तक विमोचन शुक्रबार हेटौडा स्थित रोयल पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा पूर्वसभासदहरु प्रल्हाद लामिछाने, शेर बहादुर पहरी नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष्य प्रताप बिष्ट, किरात राई यायोक्खाका केन्द्रिय सदस्य प्रमोद कुमार राई, यायोक्खा पूर्व केन्द्रिय सदस्य शंकर राई, आदिबाशी जनजाति महासंघ नुवाकोट समन्वय समितिका कोषाधक्ष्य भोला चन्द्र राई, देवास राई समाजका केन्द्रिय सल्लाहकार प्रेम राई, ज्ञानबहादुर राई लगायत समाजका बुद्धिजिबीहरु बद्रि बहादुर राई, ज्ञानबहादुर राइ, शेरबहादुर राई, रेनुका राई, बिशालराज राई, सानुकान्छा राई, रामबहादुर राई, भिम राई, हिमाल राई, गोरख राई, मणि राई, सुरेन्द्र राई, लगायतको आतिथ्यता रहेको  थियो ।

बिमोचन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै, मुख्यमंत्री पौडेलले आफ्नो भाषा कला सस्कृतिको संरक्षण गर्न जोड दिदै प्रदेश सरकारले संग्रहालय बनाउन सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।


देवास राई समाज, मकवानपुरको ब्यबस्थापनमा भएको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष आसमान राईको अध्यक्षतामा भएको थियो, भने समाजका केन्द्रिय महासचिब राजमान राईले कार्यक्रम संचलान गर्नु भएको थियो ।

हिमाली आदिबासी समाज नेपाल र मातृभाषा केन्द्र नेपालको सहकार्यमा तयार परिएको देवास राई समाजको पहिलो भाषिक पुस्तक विमोचन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*