जंगली हात्तीले मनहरी ५ का पाँच घर भत्काइयो, खाद्यान्नबाली नष्ट
मंसिर, हेटौडा (मनहरी) – सोमबार राती मनहरी गाउपालिका ५ बसन्तपुरमा जंंगली हात्तीले पाँच घर भत्काएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंंगली हात्तीले बसन्तपुरको दर्दरा झुल्यानमा रहेको ५ घर भत्काएपछी स्थानीयमा त्रास उत्पन्न भएको छ । स्थानीय रुद्र बहादुर थोकर, सुदिप वाइवा, शंकर मिजार, बिनोद मिजार र आइत सिं स्याङ्तानको घर भत्काएको छ ।
रातको समयमा आएको हातिले घर भत्काउनुका साथै अन्न समेत नष्ट गरेको छ । हात्तीले घर भत्काएपछि पीडित परिवार छिमेकीको घरमा शरण लिन बाध्य भएका छन् ।
जाडोयाममा निकुञ्जबाट आएको जंगली हातीले बर्सेनी खाद्यान्न, भौतिक तथा मानबिय क्षति पुर्याउन थालेपछि स्थानीय त्रसित हुने गरेका छन् ।






