अब स्वास्थ्य मन्त्रालयमा आधामात्रै कर्मचारी
जेठ ९, काठामाण्डौ – कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब आधा कर्मचारीबाटै नियमित काम गर्ने भएको छ । गत सोमबार इपिमिडियोलोजी तथा रोग नियण्त्रण महाशाखाको एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले सतर्क भएको हो । स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख रघुराम विष्टका अनुसार मन्त्रालयले उपसचिव तहभन्दा मुनिका कर्मचारीलाई एक दिन बिराएर ड्युटीमा आउने व्यवस्था मिलाएको हो । धेरै कर्मचारी आउँदा भिडभाड हुने र जोखिम थप बढ्ने भएकोले आधा कर्मचारीलाई मात्रै मन्त्रालय आउने व्यवस्था मिलाएको विष्टले बताए । ‘अघिल्लो दिन एउटा टोलीले ड्युटी गर्छ । अर्को...



















