बागमती प्रदेशको प्रदेश सभा बैठक जेठ १२ गते हुने

जेठ ६, हेटौडा – बागमती प्रदेशको प्रदेश सभाको बैठक यही जेठ १२ गते बस्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रीपरीषदको बैठकले जेठ १२ गते अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो । सरकारले आर्थिक कार्यविधि ऐनमा संशोधन गर्दै अध्यादेश जारी गरेपछि प्रि-बजेट छलफल पर धकेलिएको थियो । यसअघि जेठको पहिलो साता प्रि-बजेटको छलफलको तयारी गरेको प्रदेशसभा बैठक पनि प्रदेश प्रमुख विष्णु प्रसाईले अध्यादेश प्रमाणीकरण गरेपछि बैठक अनिश्चित भएको थियो । प्रदेशको आर्थिक कार्यविधि ऐनको दफा ९ मा पूर्वबजेट छलफल कम्तीमा एक महिनाअघि नै हुनुपर्ने...