भारतमा जेठ १८ सम्म लम्बियो लकडाउन

तामसालिङ खबर
५ जेष्ठ २०७७, सोमबार ०८:४८

जेठ ५, एजेन्सी – भारत सरकारले लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्ब्याएको छ । भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको    हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए । गत चैत १२ गतेबाट भारतले लकडाउन घोषणा गरेको हो । त्यस्तै, मे ३१ सम्म घरेलु र अन्तराष्ट्रिय उडान सेवाहरुमा प्रतिबन्ध लगाइएको छ । मेट्रो रेल सेवा बन्द रहने छ भने साँझ ७ बजेबाट बिहान ७ बजेसम्म रात्रीकालीन कर्फ्यू जारी रहने छ ।

गृह मन्त्रालयले घरेलु एयर एम्बुलेन्स, सुरक्षा कारण र मन्त्रालयद्धारा अनुमति प्राप्त हवाई यात्रालाई मात्रै अनुमति दिइने जनाएको छ । भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । त्यस्तै ३४ हजार ५ सय जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*