लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय

तामसालिङ खबर
५ जेष्ठ २०७७, सोमबार ०५:५६

जेठ ५, काठमाडौं – सरकारले छैटौ पटक लकडाउन बढाएको छ । आइतबार मन्त्रिपरिषदकाे बैठकले १५ दिन थप गरेर जेठ २० गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हाे ।

देशमा कोरोनाको संक्रमण बढ्दै गएपछि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले १५ दिन थप गरेर बढाउनुपर्ने प्रस्ताव गरे संगै सरकारले कडाउन जेठ २० गते सम्म कायम गरेको हो ।

अब झनै लकडाउनलाई कडाइ साथ लागु गरिने मन्त्रिपरिषदले निर्णय गरेको छ । आज सोमबारदेखि लकडाउनको अवधि समाप्त हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*