बकैयाको किराना पसलमा चोरी गर्ने एकजना पक्राउ
जेठ २, हेटौडा (बकैया) – मकवानपुरको पुर्बीक्षेत्र बकैयाको फूयाँल किराना सप्लायर्समा चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैंया गाँउपालिका वडा ५ को दिपेश देउजा रहेका छन् । बकैया गाँउपालिका वडा नम्बर ४ जुरेली बस्ने होमनाथ फूयाँलले सञ्चालन गर्दै आएको किराना पसलबाट १२ लाख १० हजार बराबरको रिचार्ज कार्ड, चुरोट, शिलप्याक मदिरा, साबुन, मन्जन र नरिवल लगायतका सामानहरु चोरी भएको प्रहरीले जनाएको छ । पसलका सञ्चालक फूयाँलको उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले खोजतलास गर्ने क्रममा देउजालाई चोरी गरिएको सामान सहित प्रहरीले पक्राउ...
















