आजबाट मकवानपुरमा लकडाउन कडा
जेठ १, हेटौडा – नेपालमा कोरोनाको संक्रमण ह्वात्तै बढेपछि बागमती प्रदेशको राजधानी हेटौडामा आजबाट कडाइ गरेको छ । बागमती प्रदेशको प्रमुख नाका पुर्वपश्चिम राजमार्ग अन्तर्गतको चुरीयामाइमा आवतजावत बन्द गरिएको छ । कमाण्ड पोष्टको बैठकले लकडाउनलाई कडा बनाउने निर्णय गर्दै दक्षिणको नाकामा प्रहरी पोष्ट खडा गर्ने र मकवानपुर आउने सबारीसाधनको कडा निगरानी गर्ने भएको हो । बैठकले खाद्यन्न तथा ग्यास पसलमात्र खोल्न पाउने निर्णय गरेको छ भने औषधी तथा भेटनरी, कृषि औषधी पसललाई दिनभरी खोल्न दिने निर्णय गरेको छ । त्यस्तै, आजबाट माछामासु तथा तरकारी बजार पूर्ण रुपमा बन्द गर्ने...













