अमेरिकामा मृतकको संख्या ७४ हजार ७ सय नाघ्यो

तामसालिङ खबर
२५ बैशाख २०७७, बिहीबार ०८:२८

बैशाख २५, न्युयोर्क – अमेरिकामा पछिल्लो २४ घण्टामा २५ सय भन्दा बढीको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ २५ सय २५ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सम्म मृतकको संख्या ७४ हजार ७ सय ९९ पुगेको छ ।

हाल सम्म यहाँ संक्रमितको संख्या १२ लाख ६२ हजार ८ सय ९० रहेको छ । जस मध्ये १५ हजार ८ सय २७ को स्थिती गम्भीर छ । संक्रमित मध्ये २ लाख १२ हजार ९ सय ६५ उपचार पश्चात् निको भै घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*