नेपालमा एकैदिन ५७ कोरोना संक्रमित भेटिए
बैशाख ३०, हेटौडा – नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित भेटिएको छ । मंगलबार प्रदेश नम्बर ५ को कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, प्रदेश नम्बर २ को पर्सामा ३९ जना र बारामा १ जना गरि मंगलबार एकै दिन ५७ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा काठमाण्डौमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । कोरोना सक्रमित ५७ जना थप भए संगै संक्रमितको संख्या १९१ पुगेको छ । नेपालमा हालसम्म ३३ जनाले निको भैसकेका छन् ।







