हेटौंडामा हुरीबतास सहितको वर्षा (तस्बिरहरु)
बैशाख २५, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौंडामा आज हावाहुरी सहितको वर्षा भइरहेको छ । हुरीबतास सहित वर्षाको कारण अहिले हेटौडा लगायत आसपासको क्षेत्र अध्यारो संगै जनजीवन प्रभावित भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभावले हेटौंडा लगायत देशका विभिन्न स्थानमा मेघ गर्जन सहित भारी बर्षा भएको जनाएको छ । महाशाखाका अनुसार चट्याङले मानविय क्षति पुर्याउन सक्ने भन्दै सर्तक रहन आग्रह गरेको छ ।









