उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय

तामसालिङ खबर
२ जेष्ठ २०७७, शुक्रबार १३:३८

जेठ २, काठमाडौँ – उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय १५ दिन सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै अत्यावश्‍यक सेवा प्रदान गर्ने बाहेक सबै सरकारी कार्यालय बन्दको निर्णय गरेका हो ।

निर्णय अनुमोदनका लागि तीनवटै प्रशासनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वका दुई संयन्त्र उच्चस्तरीय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा पठाएको छ । वैशाख २८ गतेबाट लागू गरिएको सरकारी कार्यालय, निर्माण सामाग्री ढुवानी लगायतमा लागू गरिएको सवारी ‘टाइमकार्ड’ पनि रद्ध गर्ने निर्णय भएको छ ।

प्रशासनको यो निर्णय सीसीएमसी र उच्चस्तरीय समितिबाट अनुमोदन भए सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य बस्तु बिक्री तथा ढुवानी सँग सम्बन्धित कार्यालय मात्रै सञ्चालन हुने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*