मनहरीमा हप्ताको दुइदिन आइतबार र बिहिबार पसल खुल्ने

तामसालिङ खबर
१ जेष्ठ २०७७, बिहीबार १६:१९

जेठ १, हेटौडा (मनहरी) – मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकामा हप्ताको दुइ दिन मात्र अत्याबश्यक पसल खुल्ला गरिने भएको छ ।

गाँउपालिका उपाध्यक्ष मनिला बिष्टको अध्यक्षतामा बिहिबार बसेको गाउँपालिकास्तरीय लकडाउन अनुगमन समितिको बैठकले तरकारी तथा खाद्यान्न खरिदका लागि हप्तामा २ दिन आइतबार र बिहिबार मात्र बजार खोल्ने निर्णय गरेको हो ।

बैठकले अत्यावश्यकीय औषधीजन्य पसल र कृषि तथा पशुसम्बन्धी पसलहरु बाहेक अन्य पसल बन्द गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, साना सबारीहरु साइकल, मोटरसाइकल र अटोहरु पनि चल्न नदिने निर्णय गरेको छ ।

चितवनको सीमानाबाट भित्रिने मानिस र बस्तुहरुको नियमनका लागि प्रहरी पोष्ट स्थापना गर्ने लगायतका निर्णयहरु गरेका छन् । यसअघि पसलहरु बिहान ९ बजे सम्म खुल्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*