उपत्यकामा आजबाट लकडाउन कडाई हुने
जेठ २, काठमाण्डौ – कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा आजदेखि लकडाउन कडाइ गर्ने भएको छ ।
बिहीबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, पालिकाका मेयरहरु र प्रहरी अधिकारीसँग छलफल गर्दै लकडाउनलाई अझै कडाई गर्ने निष्कर्षमा गृहमन्त्रालयले पुगेको हो ।
आज (शुक्रबार) देखि काठमाडौंका भित्रीबाटोहरुमा पनि चेकजाँच कडाइ गरिने भएको छ । यस्तै, उपत्यका भित्रिने तथा बाहिरिने नाकामा पनि थप कडाई गरिने गृहले जनाएको छ । गृह मन्त्रालयले बिहिबारदेखि लागू हुने गरी सबैखाले पास रद्द गरिदिएको छ ।






