थप तीन जनामा कोरोना पुष्टी, संक्रमितको संख्या २४९ पुग्यो

तामसालिङ खबर
१ जेष्ठ २०७७, बिहीबार २१:४१

जेठ १, काठमाडौँ – नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताए ।

नयाँ संक्रमित काठमाडौँ दहचोकका ७ बर्षिय बालक, जनकपुर, धनुषा निवासी १७ बर्षिय महिला र धादिङ निवासी ३० बर्षिय महिला रहेका छन् ।

तिन जना थप भए संगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ जना भएको छ । त्यस्तै हाल सम्म ३५ जना निको भै डिस्चार्ज भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*