हेटौंडा उपमहानगरले डेङ्गु नियन्त्रण गर्न थाल्यो दुई वडामा ‘स्प्रे’

साउन, हेटौंडा – हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेङ्गो रोग संक्रमण बढ्दै गएपछि स्प्रे गर्न थालिएको छ । उपमहानगरको ४ र ५ नम्बर वडा क्षेत्रमा रहेका बासिन्दामा डेङ्गुको संक्रमण बढ्दै गएपछि उपमहानगरले स्प्रे गर्न थालेको हो । हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्धन शाखाका जनस्वास्थ्थ अधिकृत भोला चौलागाईका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जिवाणु नष्ट गर्ने गरी ‘डाइथाल कार्वसेट’ पानीमा मिसाएर छिट्न थालिएको बताए । संक्रमणलाई फैलन नदिनका लागि जनस्तरमा मट्टीतेलको प्रयोग गरी लार्भा नष्ट गर्न सचेतना सँगै बढि जोखिम रहेको क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उनले जानकारी...