भोईस अफ नेपाल सिजन ४ मा २० हजार जनाको आवेदन
साउन, हेटौडा – द भोईस अफ नेपाल सिजन ४ छिट्टै प्रसारण हुँदैछ । साउन पहिलो साताबाट सुरु हुने अनुमान गरिएको शो केही ढिला गरि प्रसारणमा आउन लागेको हो । यसैबिच सिजन ४ का लागि २० हजारभन्दा बढी आवेदनहरु परेको छ ।
स्वदेश तथा विदेशका गरी २० हजारभन्दा बढीले डिजिटल अडिसनमा सहभागिता जनाएका हुन् । यी २० हजार प्रतियोगीहरुमध्येबाट उत्कृष्ट १५० जनालाई शोको ब्लाईण्ड अडिसनमा सहभागी गराईनेछ । यी १५० जना प्रतियोगीहरुमध्येबाट केबल ६४ जना प्रतियोगीहरुमात्र ब्याटलका लागि छानिनेछन् ।
द भोईस अफ नेपालमा अहिलेसम्म सिडी विजय अधिकारी, राम लिम्बु र किरण गजमेर विजेता भईसकेका छन् । शोमा वरिष्ठ गायक दिप श्रेष्ठ, लोकप्रिय गायकहरु राजु लामा र प्रमोद खरेल निर्णायकका रुपमा दोहोरी रहेका छन् ।
यस पटक क–कसले निर्णायकको भूमिका निभाउँलान् त्यो भने हेर्न बाँकी नै छ । शोका लागि गायिका प्रविशा अधिकारी आधिकारिक रुपमा निर्णायक रहने तय भईसकेको छ । बाँकी निर्णायकहरु भने हेरफेर हुनसक्ने अनुमान गरिएको छ । यस अघि शोमा अब कोच प्रमोद खरेल नहुने भनेर पनि दाबी गरिएको थियो । तर त्यसको आधिकारिक पुष्टि भने भएको छैन । – मुर्चुङ्ग टिभिबाट
भिडियो हेर्नुहोस् –






