मनहरीको रुपाचुरिमा तरकरी संकलन केन्द्र निर्माण हुदै

साउन २६, मनहरी – मनहरी गाउपलिका वडा नम्बर ६ को विकट क्षेत्र रुपाचुरिमा फलफुल तथा तरकारी संकलन केन्द्र निर्माण भइरहेको छ । सिएमडिपि कार्यक्रम अन्तर्गत गाउँवेशी कृषि सहकारी सस्था मनहरी र जिल्ला सहकारी संघको साझेदारीमा संकलन केन्द्र निर्माण गरिहेको हो । करिब १७ लाखको लागतमा संकलन केन्द्र निर्मााण भइरहेको बताएको छ । रुपाचुरिमा उत्पादित तरकारी तथा फलफुलहरुलाई एक ठाउँमा संकलन गरि बजारीकरण गर्ने उद्धेश्यले संकलन केन्द्र निर्माण भइरहेको कृषि सहकारी सस्थाका अध्यक्ष नविन सुबेदीले जानकारी दिए । उक्त क्षेत्रलाई नमुना तरकारी पकेट क्षेत्र निर्मााण गरि उत्पादित तरकारी तथा फलफुलहरुलाई...