मकवानपुरगढीमा माटो परीक्षण तालिम
माघ ५, हेटौडा (गढी) – मकवानपुरगढी गाउँपालिका वडा ६ मा सञ्चालनमा ल्याइएको माटो परीक्षण प्रयोगशाला सम्बन्धी तिन दिने तालिम शनिबार सकिएको छ । बागमती प्रदेश सरकारले प्रदान गरिएको प्रयोगशाला भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले केही दिन अघि उद्घाटन गरेका थिए । गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाको प्राविधिक सहयोगमा ३ दिने माटो परीक्षण विश्लेषण तथा प्रयोगशाला सञ्चालन सम्बन्धी तालिम भएको हो । कृषि शाखामा कार्यरत ७ जना सहित अन्य कृषि अध्ययनरत विद्यार्थीहरुलाई उक्त तालिम प्रदान गरिएको कृषि विकास शाखाका...


















