हेटौंडा उपमहानगर र कृषि निर्देशनालयबीच एमओयूमा हस्ताक्षर

भदौ, हेटौडा – वागमती प्रदेशमा निर्माण हुने प्रादेशिक तरकारी तथा फलफूल बजार निर्माणका लागि हेटौंडा उपमहानगर पालिका र कृषि विकास निर्देशनालयबीच आइतबार सम्झौतामा हस्ताक्षर गरिएको छ । हस्ताक्षर समारोहमा वागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल, कृषि मन्त्री दाबा दोर्जे लामा, प्रदेश नीति अयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत र मेयर हरिबहादुर महतको सहभागिता थियो । यसैगरी कार्यक्रममा उममेयर, मिनाकुमारी तामाङ, पदेशका प्रमूख सचिव मानबहादुर बिक, कृषि सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि विकास निर्देशक रविन्द्रबहादुर प्रधान, भूमि आयोगका केन्द्रीय सदस्य केशव दोवकोटालगायत अन्य कर्मचारीको पनि सहभागिता थियो । बजारको विस्तृत परियोजना प्रतिवेदन...