मकवानपुरगढीमा कृषकलाई २२ वटा मिनि टिलर वितरण

तामसालिङ खबर
१३ असार २०७७, शनिबार ०७:२५

असार, हेटौडा – मकवानपुर गढी गाउपालिकाद्वारा किसानहरुलाई कृषि आधुनिकीकरण तर्फ आकर्षित गर्न मिनि टिलर वितरण गरेको छ । कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्न किसानलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका क्षेत्र भित्रका कृषक समूह, कृषि सहकारी र कृषि फर्महरुलाई २२ वटा मिनि टिलर मकपानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले हस्तान्तरण गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*