बागमती प्रदेशमा ४५ सय जना दुग्ध उत्पादक कृषकले लिए अनुदान
भदौ, हेटौडा – बागमती प्रदेशमा उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत दुग्ध उत्पादक कृषकहरुलाई १५ करोड १६ लाख २२ हजार रुपैयाँ वितरण गरेको छ । प्रदेशका १३ जिल्लाका ४ हजार ५ सय जना दुग्ध उत्पादक कृषकहरु प्रति लिटर दुग्ध उत्पादन वापत २ रुपैयाँका दरले अनुदान रकम वितरण गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौंडाले जनाएको छ । दुग्ध उत्पादक कृषकहरुलाई सहकारीमा आवद्ध गराएर उनीहरुलाई उत्पादनका आधारमा अनुदान रकम उपलब्ध गराइएको हो । बागमती प्रदेशका १ सय ७९ वटा सहकारी मार्फत कृषकहरुलाई दुग्ध उत्पादन वापतको अनुदान रकम उपलब्ध...



















