रेडियोको बार्षिक उत्सबमा १ सय ४१ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण
माघ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ५ मा १ सय ४१ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण भएको छ । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सन्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार मनहरी ५ मा निशुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । रेडियो मकवानपुर सन्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलो अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । स्वास्थ्य शिविरका लागि मनहरी गाउँपालिकालाई छनौट गरेकोमा...



















