बागमतीमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या वृद्धि
हेटौडा (बागमती) – मकवानपुरको बाग्मती गाउँपालिकामा निःशुल्क सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्यामा वृद्धि भएको छ । महिला, बालबालिका तथा वातावरण सुधार केन्द्र (ओचिन) मकवानपुरको आयोजना तथा आईपास नेपालको सहयोगमा बिहीबार बाग्मती गाउँपालिकाको राईगाउँमा अवस्थित ‘राईगाउँ स्वास्थ्य चौकी वडा नम्बर १, २ र ३’ मा गरिएको सर्वेक्षण अनुसार सुरक्षित गर्भतन गराउने महिलाहरुको संख्यामा वृद्धि भएको तथ्यांक पाइएको हो । उक्त स्वास्थ्य चौकीमा गत वर्षको श्रावणदेखि यस वर्षको बैशाखसम्मको तथ्यांक अनुसार ४४ जना महिलाले सुरिक्षत गर्भतन गरेका छन् । जसमा ३ जना २० वर्षभन्दा कम उमेरका र ४१ जना २० वर्षभन्दा...














