एक अध्ययनले देखियो, ‘सित्तैमा खाना पाइने लोभमा महिला डेटिङ जान्छन्

एजेन्सी – आम रुपमा महिलाहरु पुरुषसँग सुमधुर सम्बन्ध स्थापित गर्न चाहन्छन् । कुनै पनि पुरुषसँग नजिक हुँदै गरेकी महिलाको चाहना रोमान्स वा लामो सम्बन्ध स्थापित गर्ने नै हुन्छ । तर, अध्ययनले के देखाएको छ भने सबै महिला रोमान्स वा जीवन साथीको रुपमा मात्रै पुरुषलाई स्वीकार गर्छन् भन्ने हुँदैन । हरेक चार जना महिलामध्ये एक जना महिला भने रोमान्स वा लामो सम्बन्धभन्दा पनि सित्तैमा विभिन्न परिकार खान पाइन्छ भन्ने लोभमा पुरुषसँग नजिक हुने र डेटमा जाने गरेको पाइएको छ । अजुसा प्यासिफिक युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्निया–मेरेडको एक अध्ययनले सित्तैमा...