गर्भवती-सुत्केरीको हातमा अण्डा, घरमा झण्डा

  जाजरकोट – गर्भवतीलाई पोषिलो खाना र पहिचान गराउनका लागि घरघरमा झण्डा गाडिने भएको छ । नलगाड नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा गाडेर सहयोग गर्ने भएको छ । नगरपालिकाभित्र रहेका ४५५ महिलाको घरमा झण्डा गाड्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य अवस्था सुधार गरी निरोगी बनाउका लागि अण्डा उपलब्ध गराइने भएको छ । त्यस्तै स्थानीय जातको तोरीको तेल, एक जोडा कुखुराको भाले, पोथीसमेत गर्भवती तथा सुत्केरी महिलालाई उपलब्ध गराउन लागिएको छ । गरिब, दलित, जनजाति...