कैलाशमा ५ दिने आखा शिबिरमा ५ सय ६२ जनाको सहभागी

तामसालिङ खबर
११ आश्विन २०७६, शनिबार ११:०६

असोज १०, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउपालिकामा ५ दिने नि:शुल्क आखा शिबिर सम्पन्न भएको छ । नेपाल नेत्रहीन संघ पूनर्स्थापना कार्यक्रम मकवानपूर, नेपाल नेत्रज्योति संघ/ त्रि.बि. कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र कीर्तिपुर काठमान्डौको संयुक्त आयोजनामा शल्यक्रिया सहितको ५ दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा ५ सय ६२ जनाले सेवा लिएको थियो । डाँडाखर्क स्वास्थ्यचौकीमा ४९ जनाको आँखा चेकजाँच मोतिबिन्दुका बिरामी ११ जना, शल्यक्रिया ७ जना, नामटार स्वास्थ्यचौकीमा २३० जनाको आँखा चेकजाँच मोतिबिन्दुको बिरामी १४ जना, शल्यक्रिया ९ जना, कटुञ्जे स्वास्थ्यचौकीमा २८३ जनाको आँखा चेकजाँच मोतिबिन्दुका बिरामी २७ जना, शल्यक्रिया २१ जना, गरि जम्मा ५२ जना मोतिबिन्दुका बिरामीहरु मध्ये ३७ जनाको, आँखाको शल्यक्रिया सफल भएको डा. निशा मान्धरले बताउनु भयो ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न पार्न आ-आफ्नो ठाउबाट सक्रियता साथ सहयोग पुर्याउनु हुने सबैलाई गाउपालिकाको अध्यक्ष टंक मुक्तानले धन्यबाद ब्यक्त गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*