मौसमी रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने ?
चैत्र, काठमाण्डौ – भाग्यवश नेपालमा अहिले कोरोनाको त्रास देखिएको छैन तर सर्तकता अपनाउन छाड्न हुन्न। रुघाखोकी लाग्दा पनि डराएर कोरोना हो कि भन्ने धेरै बिरामी आउने गर्छन्। रुघाखोकी र कोरोनाका लक्षण उस्ताउस्तै हुनाले मान्छेहरु झुक्किन्छन् र आत्तिन्छन्। तर कोरोना भाइरस हो कि होइन शंका गर्न त्यसको अरु कारणहरु राम्ररी जाँचपड्ताल गरेपछि मात्र थाहा हुन्छ। कसरी छुट्याउने ? मौसम परिवर्तन भएसँगै रुघाखोकी तथा फ्लुको लक्षण देखिन थालेको छ। तर कोरोना नै भन्ने भय मनमा पाल्न हुँदैन। मनमा के राख्नपर्यो भने नेपालमा त्यस्तो स्थिति अहिले आइसकेको छैन। त्यसैले सतर्क भने रहनुपर्छ। सामान्य...















