आउदो कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
असोज १६ हेटौडा – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउदो कार्तिक २ र ३ गते देशभरको बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने बताएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को पहिलो चरणमा ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने र ६ महिनादेखि २३ महिना सम्मका बालबालिकालाई बुहुसुक्ष्म तत्व बाल भिटा पोषणस्थिति लेखाजोखा आवश्यक व्यवस्थापनका लागि स्थानियतहलाई जानकारी गराउने मन्त्रालयले जनाएको छ ।






