खुर्सानी खाँदा हृदयघातबाट मर्ने खतरा कम हुने

तामसालिङ खबर
१ पुष २०७६, मंगलवार २२:४४

सिएनएन – इटालीमा गरिएको एक नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा कम हुने देखाएको छ । मानिसहरुले प्राचीनकालदेखि नै खुर्सानीको औषधीय गुणहरुबारे थाहा पाइसकेका छ र वर्षौंदेखि खुर्सानी उपचारमा प्रयोग हुँदै आएको पनि छ ।

अहिले आएर अनुसन्धानकर्ताहरुले नियमित रुपमा खुर्सानी खाँदा मुटुका रोग र हृदयघातबाट मर्ने खतरा कम हुने कुरा पत्ता लगाएका छन् । खुर्सानी लोकप्रिय परिकारको रुपमा उपयोग गरिँदै आएको इटालीमा गरिएको एक अध्ययनमा २३ हजार जना मानिसहरुमा मर्ने खतराका बारेमा अध्ययन गरिएको थियो । अध्ययन गरिएका ती मानिसहरुमा खुर्सानी खाने नखानेहरु दुवै समावेश थिए ।

उक्त अध्ययनमा सहभागी भएकाहरुको स्वास्थ्य अवस्था र उनीहरुको खानेकुरा खाने आदतका बारेमा आठ वर्षसम्म नियमित अनुगमन गरिएको थियो । त्यस दौरानमा अनुसन्धानकर्ताहरुले के थाहा पाए भने हप्ताको कम्तिमा चार पटक खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा ४० प्रतिशत कम भएको देखियो ।

जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित सो अध्ययनको रिपोर्टअनुसार हृदयघातबाट मर्नेहरुको संख्या आधाभन्दा बढी थियो ।

नर्विचका क्वाड्रम इन्स्टिच्यूट वायोसाइन्सका पोषण अध्येता इयान जोनसनले उक्त अध्ययनलाई ‘उच्चस्तरको अवलोकन अध्ययन’ भन्दै यसको ‘भरपर्दो तरिका’लाई प्रशंसा गरेका छन् । तर साथ साथै उनले खुर्सानीको रक्षात्मक असरहरुको प्रणाली पहिचान नगरिएको तथा बढी खुर्सानी खाँदा त्यसले स्वास्थ्यसम्बन्धी थप फाइदा पुग्नेबारे वैज्ञानिकहरुले पत्ता लगाएको तर्फ पनि औंलाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*