यी ५ काम गर्नुहोस्, बिहान सबेरै उठेर
आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन । बिहान चाडो उठ्ने मानिस धेरै स्वस्थ हुने गर्छन् । पानी पिउनु : हामि साधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले उक्त समयमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ । त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर निकाल्छ । खाली पेटमा पानि पिउदा ग्यास्ट्रिक बाट बच्न सकिन्छ । बिहानै नुहाउनु : आलस्य हटाई फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ । जुनसुकै समयमा...


















