सौन्दर्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम

तामसालिङ खबर
८ असार २०७६, आईतवार ०६:१४

हेटौडा – मकवानपुरका सौन्दर्यकर्मीहरुलाई एक दिने हेयर सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरीएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल र राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौडा उपमहानगरपालिका कमिटिको संयुक्त आयोजना तथा बेरिना प्रोफेशनल कम्पनीको सहकार्यमा सौन्दर्यकर्मीको शिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मकवानपुरका रहेको सौन्दर्यकर्मीहरुलाई शनिबार अभिमुखीकरण प्रदान गरिएको हो ।

नाबुन प्रदेश ३ अध्यक्ष गिता मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल(नाबुन) केन्द्रिय उप–महासचिव अस्मिता श्रेष्ठको प्रमुख आतिथ्यता रेहेको थियो ।

कार्यक्रममा बेरिना प्रोफेशनल कम्पनीको सहकार्यमा कम्पनीको बजार व्यवस्थापक सुमा चित्रकार तथा सिनियर हेयर स्टाइलिस सर्वजीत चौहनाले सहभागि सौन्दर्यकर्मीहरुलाई विभिन्न प्रकारको हेयर स्टाइलको बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा नाबुन प्रदेश ३ सदस्य सबिना बानियाँ, सुमित्रा मुडभरी, प्रदेश इन्चार्ज कार्यक्रम संयोजक पुजा लामा, नाबुन हेटौँडा नगर अध्यक्ष सजिता केशी, नाबुन हेटौँडा नगर सचिव भगवती श्रेष्ठ लगायत मकवानपुर क्रियाशिल करिब २ सय सौन्दर्यकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*