यी ५ काम गर्नुहोस्, बिहान सबेरै उठेर
आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन । बिहान चाडो उठ्ने मानिस धेरै स्वस्थ हुने गर्छन् ।
पानी पिउनु : हामि साधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले उक्त समयमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ । त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर निकाल्छ । खाली पेटमा पानि पिउदा ग्यास्ट्रिक बाट बच्न सकिन्छ ।
बिहानै नुहाउनु : आलस्य हटाई फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ । जुनसुकै समयमा पनि नुहाउन सकिन्छ तर फ्रेस महसुस गर्न बिहानै नुहाउनु उपयुक्त हुन्छ । बिहानै उनाउने मानिस धेरै स्वस्थ हुन्छन ।
योग गर्नुपर्छ : योग स्वस्थ जीवनका लागि एक नभई नहुने कुरो हो । बिहान योग गर्दा फिट रहने मात्र नभै मोटोपन पनि घट्छ । ध्यान तथा लामो समयसम्म सास लिने आसन गरे पूरै दिन ऊर्जामय रहन्छ ।
खुसि रहनुस् : ‘मर्निङ्ग शो द डे’ भन्ने गरिन्छ तेसैए बिहान पख सधै खुशी रहन अति आवस्यक हुन्छ । बिहान बिहानै धेरै रिसाउँदा वा दुखि हुँदा दिउस पख पनि मुड अफ हुन्छ सक्छ । त्यसैले बिहान पख सदै खुसि रहन आवस्यक हुन्छ ।






