आजदेखि अवैध रुपमा आयात भएका मोबाइल प्रयोगमा प्रतिबन्ध लाग्ने

भदौ, काठमाडौं – आजदेखि अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्न लागेसँगै अवैध मोबाइलमा प्रतिबन्ध लाग्न लागेको हो । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको जनाएको छ । आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतह एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ । तर अब मोबाइल किन्दा mdms.nta.gov.np गइ दर्ता भएरनभएको यकिन गरेर मात्रै किन्न पनि प्राधिकरणले आग्रह गरेको छ ।