गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु

चितवन – चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु भएको छ । डोजर र ग्रेडरले मैदानको मुख्य कालोपत्र बन्ने ठाउँ सम्याउन शुरु गरिएको हो। मैदानमा कालोपत्र निर्माणको प्रारम्भिक काम गर्न नेपालका क्युरेटर कोमल पाण्डेले माटोको प्रकृतिबारे जाँच गरेका छन्। उनका अनुसार रङ्गशाला निर्माण हुन लागेको ठाउँको माटो क्रिकेट कालोपत्र निर्माण गर्न उपयुक्त छ। ‘कालोपत्र निर्माण गर्न पानी सोस्न सक्ने माटो चाहिन्छ’, उनले भने, ‘यहाँको माटोमा त्यो गुण भेटियो। माटो तत्काल फिलिङ गर्नुपर्ने देखिएन्। कालोपत्रका लागि थप माटो चाहिए तनहुँबाट ल्याउनुपर्छ।’ उनले केही दिनसम्म चितवनमा नै...