सिक्किमको छैठौं मुख्यमन्त्री प्रेमसिंह तामाङ बने, को हुन प्रेम सिं तामाङ ?

काठमाडौं – प्रेमसिंह तामाङ (गोले) सिक्किमको छैठौं मुख्यमन्त्री बनेका छन् । उनले सोमबार बिहान १० बजे राज्यपाल गंगा प्रसादबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भव्य समारोहका बीच गोलेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । अध्यक्ष गोलेसहित मन्त्रिपरिषदका केही सदस्यहरूले पनि शपथ ग्रहण गरेका छन् । सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष गोलेले हालै भएको विधानसभा निर्वाचनमा पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टको २५ वर्ष लामो शासन पल्टाइ दिएका थिए। गोले आफैं चुनाव नलडे पनि उनको पार्टीले सिक्किममा ३२ विधान सभा सिटमध्ये १७ सिट...